FAQs Complain Problems

कोशी गाउँपालिका वडा नं ३, जमुवा चौक

Email: ward3.koshigaupalika@gmail.com

वडा अध्यक्षको नाम 

नाम    – सुलेमान मंसुरी
    ठेगाना    – कोशी गाउँपालिका ०३
    सम्पर्क नं.-९८५२०५४०६८

           वडा सदस्यको  विवरण

  १।  नाम    – ब्राहिम मंसुरी                                                             
       ठेगाना    – कोशी गाउँपालिका ०३
       सम्पर्क नं.-९८१२३२९९६५

२।   नाम    – सियाराम साहु
       ठेगाना    – कोशी गाउँपालिका ०३
       सम्पर्क नं.-९८००९२९५५३

३।    नाम    –  सरिता देवि मण्डल 
       ठेगाना    – कोशी गाउँपालिका ०३
       सम्पर्क नं.-९८४२३७४५६९

४।    नाम    –  दुर्गा देवि सरदार 
        ठेगाना    – कोशी गाउँपालिका ०३
        सम्पर्क नं.- ९८४८२८७२४४

 

परिचय :– स्थानिय तहको निर्वाचन पछि हाम्रो देश नेपालमा ७ प्रदेशमा विभाजन गरियो जस्मा प्रदेश नं.१ अन्र्तगत १२ स्थानिय तहमा बाडियो जस्मा २ वटा उपमहानगरपालिका,४ न.पा. र ६ वटा गा.पा. रहेका छ । जस मध्ये हाम्रो कोशी गाउँपालिका पनि एक हो । कोशी गाउँपालिकामा ८ वटा वडाहरु मिलि बनैको हो जसको कार्यालय लौकहीमा अवस्थित रहेको छ । कोशी गाउँपालिकाको८ वटा अङ्गहरु मध्ये ३ नं. वडा कार्यालय कोशी गा.पा.पनि हो ।
      कोशी गाउँपालिका वडा नं.३ साविक प.कुशाहा को ३,४र ९ नं. वडा मिलेर बनेको हो जुन महेन्द्र राजमार्ग देखि दक्षिण १ कि.मि.मा कोशी गा.पा. ५ नं. वडा,उतर ६ कि.मि. बराह न.पा.११,पुर्व २ कि.मि.कोशी गा.पा.२ र पश्चिम ३ कि.मि. कोशी गा.पा. ४ र कोशी नदी संग सिमाना  जोडिएको छ ।यस वडा कार्यालयको आफ्नै भवन रहेको जसमा ३ वटा कोठाहरु रहेको छ । यसै वडा कार्यालय संगसगै स्वास्थय चौकी र हुलाक कार्यालय पनि रहेको छ । अर्ना, ,बिभिन्न जातजातिका पंक्षीहरुको लागि प्रसिद्ध मानिएका  कोशी टप्पु वन्य जन्तु आरक्षको कार्यलय यसै वडा भित्र रहेको छ । आर्मि क्याम्प को कार्यालय पनि यसै वडा भित्र रहेको छ । साथै यस वडामा मुस्लिम,सरदार,सदा,उराँव,राजधोव,साह,यादव,मेहता,राम लगायतको जातजातिहरुको वसोवास रहेको छ । यस वडा भित्र धैरे मठमन्दिर तथा मस्जित रहेको छ । विशेष गरी यस वडा भित्रको जनताहरु कृषि तथा पशुपालन गरि आफ्नौ जिविकोपार्जन गर्दे आएको छ । यस वडाको क्षेत्रभित्र रहेको विद्यालय,मदर्शा,मठमन्दिर र मस्जितहरुको नामावली तपसिल अनुसारको रहेको छ ।
क. विद्यालय       

 
 
 
 


राष्ट्रिय मा.वि.सोभन्पुर
सोभन्पुर टोल
हरेकृष्ण प्रसाद राउत


 महाविरसप्तकोशी आधारभुत विद्यालय
कदम टोल
जमिल आलम


साद्युसुगाई आधारभुत विद्यालय
यादव टोल
रमेश कुमार यादव


विश्वनाथ सिंह आ.विद्यालय
कान्छि चौक
 रामकुमार सिंह


जगदिश आधारभुत विद्यालय
कोशी टप्पु टोल  
पृथ्वी नारायण राउत


आसिन आधारभुत विद्यालय
पर्ति टोल
 रंजित कुमार राउत


वि.पि.किसन आ.विद्यालय
 झल्ही टोल  
सदान्न राउत


लोकतन्त्र अगमला आ.विद्यालय
जमुवा
 जतिन साह


सुनर कृष्णा आ.विद्यालय  
जमुवा
 योगेन्द्र प्रसाद यादव

ख. मदर्शा
१. इसातुल इस्लाम समसुल कोशी–३
२. मदिन उतुल उलुम कोशी–३
३. नुरी मतव मर्दशा कोशी–३
४. इसाअतुल इस्लाम नहर चौक कोशी–३
५. मर्दशा दावतुल कुरान वतनसुन्हा कोशी–३
६. जामिया फातमा लिल वनाथ कोशी–३
७ फातीमबुस्जहरा लिल वनाथ कोशी–३

ग. र्बोडिङ्ग स्कुल
१. सुनसरी स्टार इङ्गलिस र्बोडिङ्ग स्कुल मिलन चौक
२. मखमली इङ्गलिस र्बोडिङ्ग स्कुल जमुवा
३. मिली मोडेल इङ्गलिस र्बोडिङ्ग स्कुल नहर चौक

घ. मन्दिरहरु
१. शिवपार्वती मन्दिर बाँध छेउ रेल्वे
२. गैडा बाबा मन्दिर सेल्फि मोड
३. हनुमान मन्दिर यादव टोल र जमुवा चौक

ङ. मस्जितहरु
१. मस्जित आलेवा जुहेर नहर चौक
२. जामे मस्जित मंसुरी टोल,दाउत टोल, प्रवेज टोल,गोइठी टोल लगायतको स्थानमा
३. नुरी मस्जित ब्राहिम टोल    

Population: 
N/A
Ward Contact Number: 
9819304228