अपडेट
इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न, गाउँमा मानव अधिकारमैत्री काम गर्न प्रतिवद्ध
कोशी गाउँपालिकामा इन्सेकको परियोजना परिचयात्मक कार्यक्रम मंसिर २५ गते सम्पन्न भएको छ ।
मंसिर २५ गते सुनसरीको कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका लागि समुदायलाई सचृत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने परियोजना अन्तरगत परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम इन्सेकका प्रदेश प्रमुख सोमराज थापाको अध्यक्षता र कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा यहाँका सरोकारबालाहरुले शिक्षा, स्वास्थ्य र खाध्यअधिकारका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको सरोकारबालाहरुले बताएका छन् ।
सम्पन्न भएको कार्यक्रममा कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले स्थानीय सरकार मानवअधिकार प्रति प्रतिवद्ध रहेको जनाईन । यादवले कोशी गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा गाउँपालिकाको तर्फबाट निजी श्रोतका शिक्षक राखेर शिक्षाको अधिकारको लागि काम गरेको र कोशीको आठ वटै वडामा जनताको लागि स्वास्थ्य चौकी सथापना गरेको , प्रायः स्थानीय सरकारको काममा मानव अधिकार र मौलिक हकमा तोकिएको हकहरुको पूर्ण रुपमा कार्यान्वयन गर्ने गरि काम गरिरहेको अध्यक्ष महेन्द्र प्रसाद यादवले बताइन ।
उनले गाउँको सरकारी सेवादेखी भौतिक संरचनासम्म र लक्षित कार्यक्रमहरु समेत मानव अधिकारमैत्री ढंगबाट काम गर्ने प्रतिवद्धता जनाइन । यादवले आफुनो गाउँको सबै विद्यालयमा बाल मैत्री पठनपाठन, गाउँका ८ वटा वडामा निर्माण हुन लागेको स्वास्थ्य संस्थाहरु पूर्ण मानव अधिकार र आपांगमैत्री बनाउने काम सुरु गरेको जनाईने ।
गाउँमा शिक्षा र स्वास्थ्यको पहुचमा केही कम रहेका समूदायहरु रहेकाले त्यसको पनि क्षमता विकास, नेतृत्व विकास र विभिन्न कार्यक्रममा सहभागीको अवसर प्रदान गर्ने गरी काम गरेको विश्वास व्यक्त गरिन ।
कार्यक्रममा कोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र गिरीले स्थानीय सरकार, शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका लागि काम गरिहेको र इन्सेकको परियोजनाले थप प्रेरणा दिने बताए । उनले यहाँ रहेकाले बालबालिकाहरुको शिक्षासगैं अन्तरनिहित प्रतिभाहरु प्रस्फुट गराउन काम गर्ने पालिकाले गरेको बताए ।
गिरीले गाउँमा भएको सबै समूह र संस्थाहरु मलेर गुणस्तरीय स्वास्थ्य सेवा र शैक्षिक गुणस्तर कायम गर्नका लागि सहकार्यको भुमिका समेत निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।