अपडेट
कृषक भ्रमणको समिक्षा ।
कोशी गाउँपालिकाको गाउँसभा बाट चालु आ.व.मा स्वीकृत अध्यक्ष कृषि आधुनिकरण कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्षको नेतृत्वमा सम्बन्धित क्षेत्रका किसान र कृषि बिज्ञ सहितको टोलीबाट मिति २०७६/०७/२२ गते देखि २०७६/०७/३० गते सम्म कोशी बाढीबाट क्षतिग्रस्त भूभाग संग मिल्दो भारतको राजस्थानका विभिन्न क्षेत्र तथा भारतीय शुष्क क्षेत्र अनुसन्धान केन्द्र जोधपुर, स्वामी केशवनाथ कृषि विश्वबिधालय बिकनेर र केन्द्रिय सुक्खा क्षेत्र अनुसन्धान संस्थान बिकानेरको भ्रमण सम्बन्धि पत्रकार तथा स्थानीय कृषकहरुलाई जानकारी गराउन आयोजित अन्तरक्रिया कार्यक्रमका झलकहरु ।
अन्तरक्रियाका क्रममा गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले यहाका किसानलाइ खेतमा काम गर्न पठाउनु मुख्य चुनौती रहेको बताउदै यसै कार्यक्रम मार्फत यहाको जग्गामा उब्जाउ हुने पर्याप्त सम्भावना रहेको बयर,कागती र अनार खेति गर्ने किसान लाई गाउँपालिकाको तर्फबाट बिशेष अनुदान उपलब्ध हुने घोषणा गर्नु भयो ।