अपडेट
माघ १९ गतेदेखि हुन लागेको कोशी पर्यटन महोत्सव २०७६ को एक नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राईज्युद्वारा उद्घाटन हुने तय भएको उक्त महोत्सव सम्भ र भव्य रूपमा सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्दछौ |
कोशी पर्यटन महोत्सव, २०७६
१. प्रस्तावना ः
पर्यटन क्षेत्र देशको अर्थतन्त्रको प्रमुख बलियो खम्बाको रुपमा लिईएको छ । पर्यटकीय दृष्टिकोणले आफ्नो क्षेत्र भित्र रहेका सम्पदा तथा साधनश्रोतहरुको प्रबद्र्धन र प्रचार प्रसार गर्दै बजारीकरणको माध्यमबाट दिगो रुपमा रोजगारी सृजना गरी आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ सन् २०२० लाई ख्क्ष्क्क्ष्त् ल्भ्एब्ी वर्ष घोषणा गरिएको छ । यो राष्ट्रिय लक्ष्यलाई कोशी गाउँपालिकाको तर्फबाट सफल र उपलब्धीमुलक बनाउन आफुसँग रहे भएका प्राकृतिक, साँस्कृतिक सम्पदाहरुको प्रबद्र्धन र प्रचारप्रसार गर्दै स्थानीय दिगो आर्थिक विकासको एउटा सबल खम्बा बनाउन कोशी गाउँपालिकाले कोशी पर्यटन महोत्सव आयोजना गर्नको लागि यो प्रस्ताव तयार गरिएको छ ।
कोशी गाउँपालिकाको संक्षिप्त परिचय ः
गाउँपालिका स्थापना ः २०७३ चैत २७ गते
भौगोलिक अवस्थिती ः
प्रदेश ः १
जिल्ला ः सुनसरी
निर्वाचन क्षेत्र नं. ः ४
क्षेत्रफल ः ७५.९८ वर्ग कि.मी.
वडा सख्या ः ८
अवस्थिती ः– २६०२९‘१६‘‘–२६०३८‘१०‘‘ उत्तरी अक्षांश
८६०५४‘२३‘‘–८७०४‘४८‘‘ पूर्वी देशान्तर
उचाई ः समुन्द्री सतहबाट ७८ मिटर देखि ८५ मिटरसम्म
सिमाना ः
पूर्व ः भोक्राहा नरसिंह गाउँपालिका
पश्चिम ः कोशी नदी (सप्तरी जिल्ला)
उत्तर ः कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्र र बराहाक्षेत्र नगरपालिका
दक्षिण ः भारत
साविकका गा.वि.स.हरु ः
पश्चिम कुशाहा
जलवायु ः
ः उष्णप्रदेशीय
ः ३५.८ डिग्रि सेल्सीयस अधिकतम र न्युनतम ९.१ डिग्रि सेल्सीयस
प्रसिद्ध पर्यटकीय स्थलहरु ः
कोशी टप्पु बन्यजन्तु आरक्ष,
कोशी ब्यारेज
कोशी रिफ्रेसमेन्ट सेन्टर(निर्माणाधिन)
कोशी चिल्ड्रेन पार्क.(निर्माणाधिन)
कोशी पर्यटक विश्राम स्थल
.
प्रमुख नदी तथा तालहरु ः कोशी नदी
मुख्य पार्क तथा उद्यान ः
कोशी रिफ्रेस्मेन्ट सेन्टर, शिव चौक.(निर्माणाधिन)
कोशी चिल्ड्रेन पार्क.(निर्माणाधिन)
जनसंख्या ः
कुल जनसंख्या ः ४३६२६ (पुरुष – २१९५४ र महिला – २१६७२)
(२०६८ को जनगणना अनुसार)
जनधनत्व ः ५२५.४७ प्रति वर्ग कि.मी.
घरघुरी ः८५४३
औषत प्रतिपरिवार ः ५.१४ जना
चालु आ.ब.२०७६।७७ को बजेट तथा नीति कार्यक्रमको ध्येयः
ʺपर्याप्त पुर्वाधार, गाँउमै रोजगार,
कृषि र पर्यटन संबृद्धिको आधार ।ʺ
मुख्य जातीय समुदाय ः मुस्लिम, यादव,साह, तेली, महतो, मण्डल, सुनार, थारु, दनुवार, तामाङ्ग, झाङर, कुचवाडिया, आदि ।
धर्म ः हिन्दु र मुस्लिम ।
२. कोशीटप्पु वन्यजन्तु आरक्ष ः
रैथाने अर्नाका लागि प्रसिद्ध कोशी टप्पु बन्यजन्तु आरक्ष पूर्वी नेपालको तराई तथा चुरे श्रृङ्खलामा पाइने वन, वन्यजन्तु, वातावरण, हावापानी र पारिस्थितकीय प्रणालीको प्रतिनिधित्व गर्दछ । बसाइँ सराइ गरी आउने आगन्तुक चराहरुको लागि र अन्य जलचरको लागि यो आरक्ष अति नै उपयुक्त वासस्थान मानिएका कारण यो क्षेत्र १७ डिसेम्बर १९८७ मा नेपालको लागि रामसार सूचीमा पहिलो पटक सूचिकृत भएको कोशी टप्पु बन्यजन्तु आरक्ष नेपालमा अर्नाको राजधानी र पंक्षीको स्वर्णभूमिले सुपरिचित क्षेत्र हो ।
संक्षिप्त परिचय ः
स्थापना ःबि.सं. २०३२
क्षेत्रफल ः१७५ वर्ग कि.मि.
विश्व संरक्षण संघको श्रेणी ःचौथो
आरक्षले ओगटेको क्षेत्रःसुनसरी, सप्तरी र उदयपुर लिल्लामा बिस्तारित ।
भूतलीय उचाइ ः८० – ९५ मि.
बायोक्लाइमेटिक जोनःउष्ण प्रदेशीय (ट्रपिकल)
औसत वार्षिक वर्षा ः२०१९ मिलिमिटर.
वार्षिक तापक्रमःअधिकत्तम ३८० सेल्सियस् र न्यूनत्तम ८० सेल्सियस्
प्रमुख आकर्षण ः
रैथाने अर्ना पाइने एक मात्र आरक्षित क्षेत्र
विश्वकै दुर्लभ चराहरुको स्वर्णभूमि
नेपालकै पहिलो हात्ती प्रजनन केन्द्र
रामसार सूचीमा सूचिकृत नेपालकै पहिलो सिमसार क्षेत्र
अजिंगर र डल्फिन पाइने क्षेत्र
प्रशस्त जंगली हाती देखिने क्षेत्र
३. महोत्सव उद्देश्य ः
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गराउन सहयोग गर्ने ।
आन्तरिक तथा बाह्य पर्यटन अभिबृद्धिगर्ने ।
कोशी गाउँपालिकामा रहेको कोशी सिमसार क्षेत्र तथा कोशी टप्पु वन्यजन्तु आरक्षको पहिचान
वृद्धि गरी पर्यटकको उत्कृष्ट गन्तब्य स्थलको रुपमा विकास गराउने ।
पर्यटन विकासका लागि सचेतिकरण र प्रचारप्रसार गर्ने ।
दीर्घकालिन र तत्कालिन पर्यटन पूर्वाधारको निर्माण गर्ने ।
प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्ने ।
साँस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन र बजारीकरण गर्ने ।
स्थानीय जनतालाई पर्यटन व्यवसायमा प्रेरीत गर्ने ।
संरक्षण क्षेत्रमा रहेका वन्यजन्तु तथा दुर्लभ पंक्षीहरुको संरक्षणमा योगदान पुग्ने ।
स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने ।
गाउँपालिकाको आन्तरिक आम्दानी अभिवृद्धि गर्ने ।
४. महोत्सव सञ्चालन हुने अवधि तथा स्थानः
मिति २०७६ माघ १९ गते देखि माघ २९ गते सम्म ।
कोशी गा.पा.३, पश्चिम कुशाहा, कोशीटप्पु, सुनसरी ।
५. महोत्सवमा सञ्चालन हुने गतिविधी ः
महोत्सव मूल व्यवस्थापन समिति गठन ।
प्रचारप्रसार ।
स्रोतसाधन संकलन ।
पूर्वाधान निर्माण, सुरक्षा तथा आवश्यक प्रबन्धकीय व्यवस्था ।
कोशीटप्पु वन्यजन्तु आरक्षको गतिविधि तथा परिचय र चरा महोत्सव २०२० सम्बन्धि कार्यक्रम ।
मिति २०७६ माघ १९ गते औपचारिक समारोहका बीच माननीय मुख्य मन्त्री श्री शेरधन राईज्यूबाट भव्यरुपमा महोत्सवको समुद्घाटन् ।
विभिन्न जातजातिको झाँकी तथा साँस्कृतिक कार्यक्रम प्रदर्शनः–
मैथली झिझिया, जटाजटिन, झरनी, महरम
झाँगड नाच, थारु नाच
चण्डी नाच, धान नाच, लाखे, तामांग सेलो
गुरुङ र मगर सोरठी नाच
पूर्वेली भाका, लोक दोहरी लगायतका कार्यक्रमहरु
कोशीटप्पुको विषयमा जानकारीमूलक ब्रोसयोर, पुस्तक, वृत्तचित्र प्रदर्शन तथा दुर्लभ चराहरुको अवलोकन ।
हात्ती सफारी कार्यक्रम ।
कोशी कटानबाट आरक्षसम्म र कोशी ब्यारेजबाट राजाबाससम्म जल शयर कार्यक्रम ।
स्थानीय हस्तकला र कृषि उत्पादनहरुको स्टल प्रदर्शन ।
राष्ट्रयव्यापी वि.पि. स्मृति कुस्ती प्रतियोगिता ।
पालिका स्तरीय महिला∕पुरुष भलिबल प्रतियोगिता ।
आयुर्वेदिक तथा एलोप्याथिक स्वास्थ्य शिविर ।
चरा तथा कोशीटप्पुमा पाइने वन्यजन्तुको तस्वीर प्रदर्शन ।
नागरिक सहयोग तथा सूचना कक्ष ।
६. खर्चको अनुमान ः
1.
भौतिक पूर्वाधार सुधार
विभिन्न
५,००,०००।
२.
पूर्वाधार निर्माण
विभिन्न
५,००,०००।
३.
प्रचारप्रसार
(टिभी,एफएम,पर्चापम्पलेट,माइकिंग)
विभिन्न
२,००,०००।
४.
स्वयमसेवक खर्च
२५०,०००।
५.
विपि स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता
१
१०,००,०००।
६
अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता
२
५०००००।
१०,००,०००।
७.
सांस्कृतिक कार्यक्रम ः–
मैथली झिझिया
झरनी, महरम
झाँगड नाच
थारु नाच
चण्डी नाच
धान नाच
लाखे
तामांग सेलो
गुरुंग मगर सोरठी नाच
पूर्वेली भाका
लोक दोहोरी आदि
१६
२५,०००।
४,००,०००।
८.
चरा तथा पशुपंक्षि विज्ञबाट सम्बन्धित कार्यक्रम प्रदर्शन
२,००,०००।
९.
बोटिंग
२,००,०००।
१०.
हात्ति सफारी
१,५०,०००।
११.
अतिथी सत्कार खर्च
२,००,०००।
१२.
खाजा नास्ता विविध
४,००,०००।
१३.
मञ्च, टेन्ट,जेरेनेटर,साउण्ड आदि
७,००,०००।
१४.
अन्य व्यवस्थापन
४,५०,०००।
१५.
प्रचारप्रसार (पुस्तक, ब्रोसर) वितरण
३०००००।
जम्मा
५५,००,०००।
७. श्रोतको अपेक्षीत अनुमान ः
सि.नं.
निकाय
रकम
कैफियत
१.
१ नं.प्रदेश सरकार
२०,००,०००।
२
संघीय तथा प्रदेश सांसदज्यूहरुबाट प्राप्तहुने सहयोग
३,००,०००।
३
कोशी गाउँपालिका
१०,५०,०००।
४
सुनसरी जिल्ला स्थित पालिकाहरुबाट प्राप्त हुने सहयोग
१०,००,०००।
५
कोशी टप्पुवन्य जन्तु आरक्ष
१,००,०००।
६
नेपाल पर्यटन बोर्ड
२,५०,०००।
७
राष्ट्रिय ÷जिल्ला खेलकुद परिषद कार्यालय
५,००,०००।
८
सरकारी तथा गैरसरकारी संघ संस्था
१,५०,०००।
९
निजी क्षेत्रबाट प्राप्त हुने सहयोग
१,००,०००।
१०
स्टल सञ्चालनबाट
५०,०००।
जम्मा
५५,००,०००।
८. अपेक्षित नतिजा ः
एकलाख भन्दा बढीपर्यटकले कोशी महोत्सव क्षेत्रको अवलोकन भ्रमण गर्ने ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गराउन सहयोग पुग्नेछ ।
पर्यटकहरु मार्फत् कोशीटप्पु सिमसार क्षेत्र तथा कोशी गाउँपालिकाका अन्य पर्यटकीय गन्तव्यका
विषयमा प्रचारप्रसार हुनेछ ।
पर्यटन पूर्वाधारको निर्माण भई आगामी दिनमा पनि पर्यटक आवगमनमा टेवा पुग्नेछ ।
साँस्कृतिक सम्पदाको संरक्षण सम्बद्र्धन हुनेछ ।
पर्यटन व्यवसायीलाई प्रोत्साहन मिल्नुको साथै पर्यटन व्यवसाय प्रतिको आकर्षण बढ्नेछ ।
कोशीटप्पु वन्यजन्तु संरक्षण क्षेत्रमा रहेका वन्यजन्तु तथा दुर्लभ पंक्षीहरुको संरक्षणमा योगदान पुग्नेछ ।
पर्यटन व्यवसाय प्रति स्थानीय सर्वसाधारणमा सचेतना अभिवृद्धि भएको हुनेछ ।
९. सारांश ः
संघीय सरकारबाट घोषित नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रमसँग तादात्म्यता कायम गर्दै कोशी
गाउँपालिका क्षेत्र भित्र रहेका पर्यटकीय सम्पदालाई उजागर गरी पर्यटन विकासको माध्यमबाट रोजगारी
सृजना गर्दै आर्थिक समृद्धि हाँसिल गर्ने सन्दर्भमा कोशी पर्यटन महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।
¬ समाप्त ¬